१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्तारुढ गठबन्धन चुनाव अघिसम्म जान्छ– देवेन्द्र पौडेल

'पार्टीभित्र मन्त्री छान्नलाई कुनै सकस छैन'

0
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तिमा आगामी चुनाव अघिसम्म जाने बताउनुभएको छ ।

सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताउनुभयो ।

वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको नेता पौडेलको भनाइ छ ।

गठबन्धनका राजनीतिक दलहरू भित्र विचारमा विविधता भए पनि आधारभुत रूपमा मिल्ने उद्देश्यहरू र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उहाँले उल्लेख गर्नुभयो ।

नेता पौडेलले नेकपा (माओवादी केन्द्र) भित्र मन्त्री छान्नलाई कुनै सकस नभएको भन्दै पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको स्पष्ट पार्नुभयो ।