
सागर न्यौपाने
स्याङ्जा । अविरल वर्षासँगै आएको पहिरोले आइतबार दिउँसो साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । जिल्लाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
आइतबार दिउँसो आएको पहिरोले स्थानीय लक्ष्मी बस्नेतको घर पुरिदाँ एक जनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए । घाइतेलाई मिसन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन अलपत्र परेका थिए ।
आइतबारदेखि नै राजमार्ग खुलाउने प्रयास भए पनि वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्