
एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीेले आतंकवाद तथा दोहोरो प्रवृत्तिविरुद्धको लडाईंमा अफगानिस्तानलाई सघाउन अमेरिकालाई आग्रह गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँगको टेलिफोन वार्तामा विदेशमन्त्री यीले यस्तो आग्रह गर्नभएको हो ।
अफगानिस्तानको आफ्नो अवस्था आधारभूत रूपमै बदलिने क्रममा रहेको भन्दै तालिबानलाई निर्देशित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा विदेशमन्त्री वाङले जोड दिनुभएको अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई विदेशमन्त्रीबीच अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीपछिको परिस्थितिका सन्दर्भमा कुराकानी भएको समाचारमा उल्लेख छ । साथै, अमेरिकी र नेटो सेनाको फिर्तीले आतंकवादीलाई फाइदा पुग्न सक्ने भन्दै अहिलेको अवस्थामा अमेरिकाको भूमिका महत्वपूर्ण हुने चिनियाँ विदेशमन्त्रीले बताउनुभयो ।
काबुलबाट सर्वसाधारणको उद्धारका लागि राष्ट्रसंघीय सुरक्षा समिति एवं विश्वसमुदायले आवाज उठाउनुपर्नेमा विदेशमन्त्री ब्लिंकनले जोड दिनुभएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्