
सर्लाही । जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित देखिएको छ ।
क्रियाशील सदस्यताको विवाद कायमै रहेकाले भदौ १८ गतेबाट सुरु हुने भनिएको वडा अधिवेशन अनिश्चित बनेको हो । चार क्षेत्र रहेको सर्लाहीमा तीन क्षेत्रमा क्रियाशील सदस्यता विवाद समाधान भए पनि २ नम्वर क्षेत्रमा विवाद कायमै छ ।
क्षेत्र नम्बर २ मा वडाबाट सिफारिस भएर गएको भन्दा बढीलाई क्रियाशील सदस्यता दिने भएपछि विवाद देखिएको हो । वडा समितिबाट सिफारिस नभइकन गएको नाम समेटेर नयाँ क्रियाशील सदस्यको नामावली आएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्