२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काबुल विमानस्थलमा आईएसआईएसद्वारा रकेट आक्रमण


0
Shares

काठमाडौं । अफगानिस्तानको काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा रकेट आक्रमण भएको छ । विद्रोही समूह आईएसआईएसले यो आक्रमणको जिम्मेवारी लिएको छ । उसले आफ्नो टेलिग्राम च्यानलमार्फत आक्रमणको जिम्मेवारी लिएको हो ।

विमानस्थललाई निशाना बनाएर रकेट आक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । विमानस्थल क्षेत्रबाट अमेरिकी नागरिकलाई बाहिर निकालिएको छ ।

यसअअि आइतबार साँझ विमानस्थल नजिकै ड्रोन आक्रमण भएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार विमानस्थलमा आक्रमण गर्न आउँदै गरेका इस्लामिक स्टेटका एक आत्मघाती आक्रमणकारीको ड्रोन आक्रमणमा मृत्यु भएको छ ।