
कैलाली । दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ । जिल्लाको दुहु गाउँपालिका–५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो ।
सोमबार साँझ हेलिकोप्टरमार्फत धनगढी ल्याइएका दुई जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो ।
दार्चुलामा बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघु जलविद्युत् आयोजना समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परी दुहु गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।
प्रतिक्रिया दिनुहोस्