
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चार जनाको खोजी भइरहेको प्रहरीले जवाएको छ । डा. सिंहलाई युवाहरुको एक समूहले शुक्रबार दिउँसो कार्यकक्षमै मोसो दलेका थिए । घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आइतबारदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । अहिले जिल्लाभर नियमित स्वास्थ्य सेवा बन्द छ ।
प्रतिक्रिया दिनुहोस्