१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काँकरभिट्टा नाकाबाट हुँदै आएको व्यापार घाटा बढ्याे


0
Shares

झमपम । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको व्यापारमा गत आर्थिक वर्षमा करिव ३६ अर्ब भन्दा बढी व्यापार घाटा भएको छ । नाकाबाट आयात र निर्यात दुवै बढेपनि निर्यातको अंश कम हुँदा व्यापार घाटा भएको हो ।

नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । नाकाबाट गत आर्थिक वर्षमा ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ ।

आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँग ब्यापार हुने गरेको छ ।