१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिलेन सत्ता गठबन्धनको भागबन्डा, सभापति र अध्यक्षको मात्र बैठक बस्ने समझदारी


0
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनले मंगलबार पनि सरकारमा सहभागी हुनेहरूको टुंगो लगाउन सकेन ।

बिहान नौ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने आकांक्षी बढेसँगै मन्त्रीहरूको टुंगो लगाउन नसकेको नेताहरूले बताएका छन् ।

अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । तर, अर्को बैठकको समय भने टुंगो लागिनसकेको नेताहरूले बताएका छन् । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन ।

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।