
काठमाडौं । नागरिक अभियन्ताहरू आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका छन् ।
काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाएर सिसडोल डम्पिङ साइटसम्म पु¥याउने अभियान सुरु गरेका हुन् ।
काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुटेका सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनुभयो ।
वर्षातको समयमा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि आफूहरूले सो फोहोर सिसडोलसम्म पु¥याउने उहाँले बताउनुभयो ।
सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगञ्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन् ।
काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ ।
प्रतिक्रिया दिनुहोस्