काठमाडौं । चौतर्फी दवाव र आलोचनापछि काठमाडौं महानगरपालिकाले भोलिदेखि काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर उठाउने भएको छ ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको मंगलबार बसेको बैठकले फोहोर उठाएर सिसडोलमै लाने निर्णय गरेको छ ।
बैठकपछि मेयर शाक्यले स्थानीयहरूलाई असर नपर्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकले फोहोर उठाउने निर्णय गरेको बताउँदै भएको व्यवस्थापनमा स्थानीयले अवरोध गरे बल प्रयोग गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्