१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध


0
Shares

एजेन्सी । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका छन् ।

क्लबले आफ्नो वेबसाइटमा मंगलबार क्लब र रोनाल्डोबीच दुई वर्षसम्म क्लबमा रहने सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । क्लबले थप एक वर्षका अवधि लम्ब्याउन सकिने वेबसाइटमा उल्लेख गरेको छ । केही दिन अघि नै उनी म्यानचेस्टर युनाइटेडमा जाने भनिए पनि क्लबले अनुबन्ध भने मंगलबार मात्र गरेको हो ।

३६ वर्षीय स्ट्राइकर रोनाल्डोलाई युनाइटेडले १५ मिलियन युरो तिरेको छ । यसमा थप आठ मिलियन युरो थपिन सक्ने पनि बताइएको छ ।

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म ३० भन्दा धेरै मुख्य ट्रफी जितेका छन् । तीन छुट्टा छुट्टै देशमा लिग जित्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी हुन् ।

यसअघि म्यानचेस्टरमा रहँदा रोनाल्डोले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका थिए । इटली क्लब युभेन्टससँग सम्झौता बाँकी नै रहे पनि रोनाल्डोले क्लब छाडेका हुन् ।