
काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम मंगलबार पनि जारी रहेको छ । कारोबार हुने साताको तेस्रो दिन मंगलबार, नेप्से ३ हजार भन्दा तलको विन्दुमा आइपुगेको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ७० अंक बराबरले ओरालो लागेर २९ सय ७५ कायम भएर थामियो । सबै समूह राताम्मे रहे । कारोबार भने सवा १३ अर्बको भयो । यस दिन बीमा समूह सबैभन्दा उच्च ४ अंक हाराहारीले झरेको छ ।
उत्पादनमूलक र विकास बैंक समूहमा पनि २ सय अंक हाराहारीको गिरावट आयो । लघुवित्त, जलविद्युत र व्यापार समूह पनि सय अंकले ओरालो लागे । अन्य, होटल तथा पर्यटन र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।
यसदिन २ सय २७ कम्पनीको २ करोड ३१ लाख कित्ता सेयर १३ अर्ब २६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्