२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


फोहोर उठाउन दवाव दिन जितपुर उपमहानगरमा युवाको प्रदर्शन

उपमहानगरको मुख्यद्वारमा थुपारे फोहोरको थुप्रो

0
Shares

बारा । जितपुर सिमरा उपमहानगरले महिनौंदेखि थुप्रिएको फोहोर नउठाएपछि आक्रोशित स्थानीयले उपमहानगरको कार्यालय अगाडि नै फोहोर थुपारिदिएका छन् ।

फोहोर उठाउन दवावस्वरुप कार्यालयको मुख्यद्वारमा थुपारिएको स्थानीय युवाहरुले बताएका छन् । फोहरले नगर नै कुरुप बनिसक्दा पनि उपमहानगरले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनम उत्रनुपरेको युवाहरुको भनाइ छ ।

नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड क्लिन सिटी प्रा.लिका संचालक नवराज खतिवडालाई ५ वर्ष फोहर उठाउन दिने गोप्य सम्झौता गरेको आरोप नगरबासीले लगाउँदै आएका छन् ।

सम्झौताको ६ महिनासम्म फोहर संकलन गरे पनि त्यसपछि भने कम्पनी नै बेपत्ता भएको स्थानीयको भनाइ छ । फोहोर नउठे पनि नगर प्रमुखले दुई वर्षदेखि भुक्तानी दिइराखेको खुलासा भएपछि स्थानीय आन्दोलित भएका हुन् ।