२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

सर्पको टोकाइबाट नुवाकाेटमा १ जनाको मृत्यु


0
Shares

नुवाकोट । सर्पको टोकाइबाट जिल्लाको पञ्चकन्या गाउँपालिकामा एकजनाको ज्यान गएको छ ।

पञ्चकन्या गाउँपालिका–१ भकुण्डेकी ५६ वर्षिया महिला दुर्गा ढकालको सर्पले टोकेर मृत्यु भएको हो । सोमबार बिहान ४ बजे सुतिरहेको बेला ओछ्यानमै सर्पले डसेको श्रीमान् केशव ढकालले बताउनुभयो ।

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै दुर्गाको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । जिल्लामा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा काठमाडौं उपत्यका लैजानुपर्ने बाध्यता छ ।

जिल्ला अस्पतालमा सर्प दंशका बिरामीका लागि आवश्यक पर्ने ‘एन्टिस्नेक भेनम’ नभएका कारण जिल्ला तहमा उपचार हुन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो ।