
काठमाडौं । एलाएन्स फर गाभीले नेपालमा परीक्षणका लागि फाइजरको एक लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले गाभीले नेपाललाई परीक्षण स्वरुप अक्टोबर महिनामा सो खोप दिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्य भन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध गराइएको बताउनुभयो ।
माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने फाइजरको खोप भण्डारण गर्न युनिसेफले ४ रेफ्रिजिरेटर उपलब्ध गराउने छ । यो खोप १८ बर्ष मुनिका बालबालिकालाई लगाउन सकिन्छ । नेपालले ६० लाख फाइजरको खोप खरिद गर्न निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्