
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुको बिकल्प नभएको बताउनु भएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलीपल्ट राष्ट्रको नाममा सम्बोधन गदै बाइडेनले अफगानिस्तानमा बिगत २० बर्षदेखि तैनाथ आफ्ना सेना फिर्ताको निर्णय गलत नभएको जिकीर गर्नुभएको छ ।
सम्बोधनकै क्रममा राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरी तालीवानलाई सत्ता सुम्पेको भन्ने आरोपको भने बचाउ गर्नुभयो ।
अमेरिकी हितका लागि त्यहाँबाट सेना फिर्ता गरेको भन्दै उहाँले २० बर्षे सैन्य अभियान सफल भएको दाबी गर्नुभयो ।
सैन्य अभियानका क्रममा अफगानिस्तानमा अमेरिकाको करोडौं डलर खर्च भएको पनि उहाँले बताउनुभयो । अफगानिस्तानमा दशकौं पहिले हुने गृहयुद्ध अमेरिकाका कारण रोकिएका भन्दै बाइडेनले आफनो देशमा शान्ति कायम राख्न सम्बन्धित देश आफै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
२० वर्ष अघि अफगानिस्तान प्रवेश गरेका अमेरिकी सैनिक सोमबार मध्यराती त्यहाँबाट पूर्ण रुपमा बाहिरिएका हुन ।
प्रतिक्रिया दिनुहोस्