१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने


0
Shares

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर सामान्य बदली रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरूमा वर्षा भइरहेको छ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्य बदली भई सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

सूर्योदय आज विहान ५ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २५ मिनेटमा हुनेछ ।