
जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरका आठ वटा स्थानीय तहमा १८ करोड रुपैंया भन्दा धेरै बेरुजु देखाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहले गरेका भुक्तानीहरुको विवरण अनुसार महालेखाले प्रकाशन गरेको प्रतिवेदनमा यत्तिको बेरुजु औल्याइएको हो ।
प्रतिबेदन अनुसार सबैभन्दा धेरै बेरुजु हिलिहाङ गाउँपालिकामा छन् भने याङवरकमा सबैभन्दा थोरै छ । याङवरक गाउँपालिकामा ७२ करोड १५ लाख ८० हजार खर्चको परीक्षण गर्दा ८ लाख २५ हजार बेरुजु आएको प्रतिबेदनमा उल्लेख छ । बेरुजु कम आउनेमा नेपालकै ५ औ, प्रदेश न १ को चौथो र पाँचथरको पहिलो गाउँपालिका रहेको गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङले बताउनुभयो ।
प्रतिवेदन अनुसार जिल्लाको तुम्बेवा गाउँपालिकामा ६२ करोड ७९ लाख १६ रुपैंयाको परीक्षण गर्दा ४८ लाख ३९ हजार बेरुजु आएको छ भने मिक्लाजुङ गाउँपालिकाको एक अर्ब ७० लाख ७४ हजार खर्चको परीक्षणमा एक करोड १७ लाख ७३ हजार बेरुजु आएको छ ।
यस्तै हिलिहाङ गाउँपालिकामा ८६ करोड २९ लाख पाँच हजार खर्चको परीक्षणमा तीन करोड ३० लाख २७ हजार बेरुजु छ । यसैगरी फालेलुङ गाउँपालिकामा ९० करोड ७६ लाख ३३ हजार खर्च रकमको परीक्षण गर्दा रु. तीन करोड १५ लाख १६ हजार बेरुजु देखिएको छ । भने फाल्गुनन्द गाउँपालिकामा ८७ करोड ३८ लाख आठ हजार खर्च रकमको परीक्षण गर्दा १ करोड ७० लाख १७ हजार अर्थात रुपैया बेरुजु देखाइएको छ ।
जिल्लाको एकमात्रै नगरपालिका फिदिममा १ अर्ब ७० करोड ७१ लाख ९९ हजार खर्च रकमको लेखा परीक्षण गर्दा ५ करोड ५० लाख ४६ हजार बेरुजु देखिएको छ भने कुम्मायक गाउँपालिकामा ७० करोड ६८ लाख ३२ हजार खर्च रकमको लेखा परीक्षण गर्दा दुई करोड ६४ लाख ७ हजार रुपैंया बेरुजु आएको छ ।
आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठह¥याएको कारोबारलाई बेरुजुको रूपमा परिभाषित गरेको छ ।
पाँचथरका स्थानीय तहले संघीय सरकारले निर्धारण गरेको मापदण्डलाइ पालना नगर्दा बेरुजु बढेको प्रतिबेदनको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्