८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्घाखाँचीमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाईते


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका –७ झन्द्रेकको भेडावारीमा हिजो साँझ गएको पहिरोमा परी स्थानीय जिवलाल सुनारकी ९ वर्षिय छोरी झरना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । पहिरोमा परि २ जना घाइते भएका छन । घाइते हुनेमा मृतकका दाजु र छिमेकी मोहन सारु रहेको बताइएको छ ।

पहिरोले घर र थारो पुर्ण रुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो । पहिरोमा ६ वटा बाख्रा १ वटा भैसी ,अन्नपात लत्ता कपडा लगायतका सामाग्री सबै पुरिएका छन् ।