२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्लाहीमा एक लाख ६८ हजारले खोप लगाए


0
Shares

प्रकाश मैनाली

सर्लाही । सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गत माघदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा १ लाख ६८ हजार जनाले खोप लगाएका हुन् ।

जिल्लाका २० वटै पालिकाहरुमा गरी जम्मा १ लाख ६८ हजार जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिनुभएको हो ।

जसमध्ये १ लाख १६ हजार जनाले विभिन्न चरणमा चलाइएको खोप अभियानमा पहिलो र दोश्रो दुबै डोज खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो ।

जिल्लाका ४८ हजार जनाले विभिन्न चरणमा भएको खोप अभियान अन्र्तगत अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्, जुन एक डोज मात्र लगाउँदा पुग्ने पनि झाले बताउनुभयो ।

त्यस्तै चिनियाँ खोप भेरोसेल दिनका लागि दुई चरण गरी चलाईएको खोप अभियानमा पहिलो चरणमा जिल्लाका ११ हजार सात सय जना र दोश्रो चरणमा ५१ हजार जनाले खोप लगाएका पनि उहाँले जानकारी दिनुभयो ।