१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा


0
Shares

एजेन्सी । शिर्ष वरियताका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचले डेनमार्कका खेलाडी होल्गर रुनेलाई ६–१, ६–७, ६–२ र ६–१ को सेटमा हराए ।

वर्षका सबै चार वटा ग्राण्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिच यस पटक उपाधिसँगै रोजर फेडेरर र रफाईल नदालको सर्वाधिक २१ ग्राण्ड स्लामको किर्तीमान बराबरी गर्ने लक्ष्यमा छन् । जोकोभिचले यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन टेनिसको उपाधि जितसिकेका छन् । युएस ओपन पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै जर्मनीका अलेक्जेण्डर भेरेभ र इटालीका माटियो बेरेटीनी पनि दोस्रो चरणमा उक्लिएका छन् ।