
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।
भारतको नयाँ दिल्लीमा उपचार गराएर सोमबार स्वदेश फर्कनुभएका खनाललाई भेट्न प्रचण्ड आज विहान खनाल निवास डल्लु पुग्नुभएको थियो ।
भेटका अवसरमका उहाँले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ । गत असार २ गते स्वास्थ्य उपचारका लागि भारत जानुभएका खनालको भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्