२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गण्डकी प्रदेशका सबै सांसद एमालेमै रहने


0
Shares

पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले)का सबै सांसदले पार्टी नछाड्ने भएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७ सांसदले पार्टी नछाड्ने भएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षका एक जना पनि सांसद नदेखिने भएका हुन् ।

लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेमा रहने भएपछि नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा खाता खोल्न नसक्ने भएको हो ।

सांसद सापकोटाले प्रदेशमा एमालेका जम्मा २७ जना सांसदमा सबैजना एकै स्थानमा रहेको बताउनुभयो । १५ सदस्य रहेका कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशका मुख्यमन्त्री रहनुभएको छ ।

सभामुखसहित माओवादी केन्द्रका १२ सांसद रहेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाले कृष्ण थापाले कारबाही गरेपछि २ मात्रै सांसद रहेका छन् । हाल गण्डकी प्रदेशसभामा ५९ सदस्य रहेका छन् ।