
सुनसरी । जिल्लाको गडी गाँउपालिका–१ का वडाअध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ ।
मुटुु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएका चौधरीको उपचारका क्रममा विराटनगरको विराट शिक्षण अस्पतालमा निधन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।
चौधरीको निधनले गाँउपालिकालाई अपुरणीय क्षति पुगेको गाँउपालिका अध्यक्ष श्रीप्रसाद साहले बताउनुभयो । चौधरी २०७४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
चौधरीका श्रीमती, एक छोरी र एक छोरा छन् । उनको बुधबार नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्