
काठमाडौं । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा पाइने भएको छ ।
रिसिक टेडिङ कन्र्सन प्रालिले इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू आधिकारिक विक्रेता भएर नेपाल भित्र्याएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
रिसिक टेडिङ कन्र्सन प्रालिको प्रवन्ध निर्देशक अभिनेत्री करिष्मा मानन्धरले घरायसी रूपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले इन्टेक्स ब्राण्ड प्रयोग गर्दै आफू चालेको नयाँ पाइलामा साथ दिन आग्रह गर्नुभयो ।
इन्टेक्स ब्राण्ड विगत २५ वर्षदेखि विश्व बजारमा आए पनि ८ वर्ष अघि मात्र यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको जनाइएको छ । इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्