
काठमाडौं । नेकपा (एमाले) सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत रिट दर्ता गराएको छ ।
एमालेले दिएका तीनवटा रिट सर्वोच्चमा दर्ताको प्रक्रियामा रहेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाए पनि सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै एमाले सर्वोच्च पुगेको हो ।
सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो ।
त्यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको हो ।
प्रतिक्रिया दिनुहोस्