१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिवानले अफगानिस्तानमा तीन दिनभित्र सरकार गठन गर्ने


0
Shares

एजेन्सी । तालिवानले अफगानिस्तानमा तीन दिनभित्र सरकार गठन गर्ने घोषणा गरेको छ ।

बीबीसीको पश्तो रेडियोसँगको विशेष साक्षात्कारमा कतारमा रहेको अफगान–तालिवानको राजनीतिक कार्यालयका उपप्रमुख एवं वार्ता दलका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले तीन दिनभित्र सरकार गठन गर्ने घोषणा गरेका हुन् ।

उनले स्वदेश र विदेशमा समर्थन प्राप्त गर्ने सरकार बनाइने बताएका छन् । अब्बासले अब बन्ने सरकार समावेशी हुने भन्दै महिलाहरुलाई पनि सहभागी गराउने जानकारी दिए । तालिवानले पछिल्लो २० बर्षदेखि सरकारमा रहँदै आएका अनुहारलाई नयां सरकारमा नदोहोर्‍याउने पनि स्पष्ट पारेको छ ।

तालीवानी नेता अब्बासले सरकारमा पवित्र र शिक्षित व्यक्तिहरुलाई सहभागी गराउने बताए । यसअघि तालिवानका प्रवत्ताले जारी गरेको बयानमा सरकार गठनका लागि नेता मुल्ला हबीबुल्लाह अखुंदजादाको अध्यक्षतामा कान्धारमा तीन दिवसीय बैठक सम्पन्न भएको उल्लेख थियो ।