
बागलुङ । जिल्लामा नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा अधिवेशन भदौ २१ गतेदेखि सुरु हुने भएको छ ।
२१ गते जिल्लाको ८५ वटै वडामा अधिवेशन हुने कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । निर्वाचन अधिकृत बुधबार मात्रै बागलुङ आएकाले तयारी पूरा नहुने हुँदा ढिलो भएको सभापति थापाले बताउनुभयो ।
बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णुप्रसाद शर्मा आउनुभएको छ ।
२१ गते वडा अधिवेशन हुने भएपछि बागलुङका ८५ वटै वडामा कांग्रेस नेताहरूको चहलपहल बढेको छ । बागलुङ कांग्रेसमा केही समय अगाडी सदस्यता नविकरण तथा नयाँ सदस्यता थप विवाद बारे केन्द्रमा मुद्दासमेत परेको थियो ।
प्रतिक्रिया दिनुहोस्