
नवलपुर । निरन्तर वर्षा र त्यसपछि आएको बाढीका कारण नवलपुरमा खानेपानी वितरणमा ठुलो समस्या आएको छ ।
७० हजार घरधुरीमा पानी पु¥याउन नसकेको जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएका छन् ।
यस्तै खानेपानीबाट जिल्लाभरमा ८० हजार बढीको धारामा खानेपानी नियमित आउन सकेको छैन । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मात्र २ करोड १६ हजार बढीको पाइप र अन्य स्रोतसाधन बाढीले बगाएको छ ।
यहाँका २ हजार ५ सय बढीको धारामा नियमित पानी आउन सकेको छैन । खानेपानीको मुहान पहाडि क्षेत्रमा रहेको र पहाडि क्षेत्रमा पहिरो जाँदा खानेपानी वितरण गर्ने पाइपमा क्षति पुग्दा खानेपानी वितरणमा समस्या आएको हो ।
तत्काल खानेपानी पु¥याउन नसकेपछि यहाँका खानेपानी संस्थाहरुले अस्थायी माध्यमबाट पानी संकलन गरि वितरण गर्ने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्