१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्षौदेखि बसेकालाई प्रहरीले बल प्रयोग गरी घर खाली गरायो


91
Shares

पर्सा । स्थानीय प्रशासनले बल प्रयोग गरेर वीरगञ्जको रानीघाटको एउटा घर खाली गराई बर्षाैंदेखि बस्दै आएकाहरुलाई विचल्ली बनाएको छ ।

वीरगञ्ज– ९ रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयभन्दा एक सय मिटर पश्चिममा रहेको १ कठा ६ धुर क्षेत्रफलमा रहेको रुक्म शमशेर राणाको घरमा तीन पुस्तादेखि बस्दै आएका कलवार परिवारलाई हटाइएको हो ।

उक्त घर जग्गा पहिले जहावर प्रसाद कलवारकी पत्नी मधुदेवी कलवारिनको नाममा खरिद गरिएको र पछि राणाको नाममा लगेर बेचविखन गरिएको दाबी पनि गरिएको छ ।

महानगरपालिकाले मेलमिलाप गराउने प्रक्रिया अघि बढाईरहेको बेला घर खाली गराउने अदालतको आदेश देखाउँदै प्रहरीले जबर्जस्ती गरेको गुनासो पनि कलवार परिवारको रहेको छ ।