
रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । १४ दशमलव ८ मेगावट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल बाहेक अन्य काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार सिभिलतर्फ ९९ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७० प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ । इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका कामदार कोरोना महामारीका कारण नेपाल आउन नसक्दा लामो समयदेखि काम अघि बढ्न सकेको थिएन ।
इलेक्ट्रोमेकानिकल तर्फको उपकरण जडानको काम सुरु भएकाले अबको नौ महिनाभित्र आयोजनाले उत्पादन सुरु गर्ने माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्