१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपुरमा तीजपछि सबै विद्यालय खुल्ने


0
Shares

नवलपुर । नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।

विद्यालय सरसफाई लगायतका सबै काम पुरा गरेर खोल्ने तयारी गर्न निर्देशन दिइएको छ । यद्यपी कुन दिनबाट विद्यालय खोल्ने भन्ने निर्णय भने सम्बन्धित पालिकाले गर्न सक्नेछन् । कावासोती नगरपालिकाले भदौ २७ गतेबाट विद्यालय खोल्ने निर्णय गरिसकेको छ ।