२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वडा तहबाटै सबल नेतृत्व चयन गर्न पूर्व महामन्त्री सिंहको आग्रह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने भन्दै वडा तहबाटै सबल नेतृत्व चयनका लागि आग्रह गर्नुभएको छ ।

वडा तहको अधिवेशन सुरु हुनुअघि आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले तलबाट सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताउनु भएको हो । कांग्रेसलाई दूरदृष्टिकोण भएको नेतृत्व आवश्यक भएकोमा पनि सिंहले जोड दिनुभएको छ ।