२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलालीमा डल्फिन गणना सुरु


0
Shares

कैलाली । कैलालीमा डल्फिन गणना सुरु गरीएको छ । कैलालीको दक्षिण पूर्वी क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा डल्फिन गणना सुरु गरिएको हो ।

डल्फिन जलचर र जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।

टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ । पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो ।

विसं २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए । यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा पर्न सक्ने बताइएको छ ।