
काठमाडौं । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै इन्द्रजात्राको पूजा घरभन्दा बाहिर नलिइने भएको छ । असोज २ गतेदेखी हुने ईन्द्रजात्रामा घरभन्दा बाहिर पूजा नलिने निर्णय भएको लाखे आजु गुठीले जनाएको छ ।
वसन्तपुरमा लामो समयदेखी ईन्द्रजात्रा व्यवस्थापनको काम गर्दै आएको गुठी परिवारले कोरोनाका कारण आगामी असोज २ गतेदेखी आयोजना हुने पुजा घर भन्दा बाहिर नलिने निर्णय गरेको हो ।
गुठिले आज वसन्तपुरमा छलफल गरी इन्द्रजात्रा मर्यादित ढङ्गले सञ्चालन गर्ने र घरबाहिर पुजा नलिने निर्णय गरेको हो । छलफलमा सहभागी बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोभिड १९ संक्रमणबाट बच्न मर्यादित ढंगले जात्रा आयोजना गर्न यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्