
बनेपा । बनेपा नगरपालिका– ७ तरकारी बजारस्थित जस्ताले बारेको टहराभित्र एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ५० वर्षका पुरुष विगत ४/५ वर्षदेखि बनेपामा कार्टुन टिप्दै हिँड्ने तथा भारी बोक्ने काम गर्दै आएको उनका साथीहरुले बताएका छन् ।
गिरी दाईका नामले चिनिने उनको यकिन परिचय नखुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्