१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनको मूल्य बढ्यो, ९१ हजार पाँच सयमा कारोबार


0
Shares

काठमाडौं । स्थानीय बजारमा छापावाल सुनको मूल्य आज एकै पटक तोलामा छ सयले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै एकै दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा छ सयले बढेर ९१ हजार पाँच सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एक सयले बढेर ९० हजार नौं सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेर १२ सय ३० मा कारोबार भैरहेको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १८ सय ३३ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।