
पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सडक सञ्चालनमा आउन कम्तीमा पाँच दिन लाग्ने भएको छ । पहिरोका कारण आठ किलोमिटरको दुरीमा २० ठाउँमा पहिरो गएकाले तत्काल सडकमा यातायात संचालन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मोदी गाउँपालिका–५ देखि कुश्मा नगरपालिका–८ चुवासम्मको दूरीमा खसेको पहिरोले हालै कालोपत्रे गरिएको तथा गर्ने तयारी गरिएको सडक ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । केही ठाउँमा सडकमाथिबाट खसेको पहिरोले पुरिएको छ भने केही ठाउँमा सडक नै बगेको बताइएको छ ।
सडक अवरुद्ध हुँदा पर्वत हुँदै बागलुङ, म्याग्दी र मुस्ताङ जाने सवारी साधन समेत ठप्प भएका छन् । गत विहीवार पहिरो जाँदा पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्