२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज नेपालमा कोरोना संक्रमणको दोस्रो लहरयताकै संक्रमितको संख्या निकै कम


0
Shares

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता कै सबै भन्दा कम संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संंख्या करिव ६ महिनायता कै कम हो । भदौ महिना लागे सँगै कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको हो ।

यस्तै काठमाडौमा २ सय ८८ , ललितपुरमा ९८ र भक्तपुरका ६७ जना गरी उपत्यकामा ४ सय ५३ जनामा मात्र संक्रमण देखिएको छ । उपत्यकापछि मोरङ् र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् ।

देशभर थप १५ सय ३४ जना संक्रमण मुक्त भएका छन् भने आज थप २० जनाको मृत्यु भएको छ । ३१ हजार २ सय ४८ जना संक्रिय संक्रमित छन् । ति मध्ये ५ सय २३ आइसियू र १ सय ६२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।