१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


डब्लुएचओको दक्षिण पूर्व एसियाली राष्ट्रहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदै


0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्व एसियाली राष्ट्रहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदैछ । यही भदौ २५ गतेसम्म हुने सम्मेलनको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

सम्मेलनमा ११ देशका प्रतिनिधिको सहभागीता रहनेछ । ११ बर्षपछि नेपालले आयोजना गर्न थालेको सम्मेलनमा स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा छलफल हुने मन्त्रालयले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा दक्षिण पूर्व यसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनको नीति तथा कार्यक्रम बजेट , स्वास्थ्यमा सर्वव्यापी पहुँच कसरी बढाउने , नसर्ने रोग ,मानसिक रोग साथै स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने लगाएका विषयमा स्वास्थ्य मन्त्री स्तरिय वैठक हुने जनाएको छ ।

भर्चु्अल रुपमा नै सञ्चालन हुने सम्मेलनपछि नेपालले दक्षिण पूर्व यसियाली राष्ट्रहरुको क्षेत्रिय समितिको अध्यक्षता ग्रहण गर्नेछ ।