२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अफगानिस्तानमा आन्तरिक उडान सुरु


0
Shares

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ ।

अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको मशहाद शहरमा सारेको समाचारमा उल्लेख गरिएको छ ।

तालिबानले अगष्ट १५ मा अफगानिस्तानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशङ्कापछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यवसायिक उडान गर्न बन्द गरेका थिए ।

सञ्चारमाध्यमहरूका अनुसार कतारको एक प्राविधिक टोली काबुल विमानस्थलमा उडान पुनः सुचारु गर्न मद्दतका लागि तयार देखिएको बताइएको छ ।