७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पर्यटक भित्र्याउने गरी नीतिगत निर्णय लिन पर्यटन व्यवसायीहरुको माग


0
Shares

काठमाडौं । पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, टे«किङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा बस्नु नपर्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन ।

संघका अध्यक्ष लामाले पिसिआर टेष्ट गरेर आएका पर्यटकहरुलाई नेपालमा पनि पिसिआर टेष्ट गरी तत्काल गन्तब्यमा पु¥याउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भयो ।

उहाँले पर्यटन क्षेत्र थला पर्दा पनि त्यसलाई उकास्ने विषयमा सरकारले अझै नीतिगत निर्णय नगरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।
संघले पर्यटकहरुका लागि आवश्यक ट्राभल, ट्रेकिङ र होटलहरुको व्यवस्था मिलाउन सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न पनि सरकारसँग आग्रह गरेको छ