८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘क्यान इन्फोटेक’ फागुन पहिलो साता


0
Shares

काठमाडौं, पुस २ । नेपालमा सूचना–प्रविधि क्षेत्रमा कार्यरत् व्यवसायी एवं संघ–संस्थाको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले वर्षेनि गर्दै आएको सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी आउँदो फागुन पहिलो साता हुने भएको छ ।

महासंघले ‘क्यान इन्फोटेक २०२०’ फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा आयोजना गर्न लागेको हो ।

नेपालको सूचना, प्रविधि र मनोरन्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औं संस्करण हो ।

नेपालमा सूचना तथा सन्चार प्रविधि (आइसीटी)बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेकको आयोजना गरिने गरेको महासंघले जनाएको छ ।

सन २०२० मा क्यान इन्फोटेक उपत्यकाबाहिर पनि ८ स्थानमा आयोजना गरिने महासंघले जनाएको छ ।