१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङ कांग्रेसको वडा अधिवेशन आज हुँदै


0
Shares

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ ।

सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव विनोद तिमल्सिनाले जानकारी दिनुभयो ।

सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने र नसके निर्वाचनबाट भएपनि वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो ।

वडाका सबै नेतृत्व गर्ने नेतागणलाई जिम्मेवार भएर भूमिका खेल्न जिल्ला कार्यसमितिले निर्देशन दिइसकेकाे पनि तिमल्सिनाले बताउनुभयो ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । वडा अधिवेशनबाट गाउँपालिकामा पदाधिकारीसहित १५ जनाको र नगरपालिकामा २५ जनाको वडा समिति चयन गरिनेछ ।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरू जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिम लगायतको प्रतिनिधित्वसमेत हुनेछ ।