
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भनेर नागरिक स्थरमा आलोचना सुरु भएको बताउनु भएको छ ।
आज नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले यस बिषयमा गम्भीर बन्न आग्रह गर्नु भएको हो ।
उहाँले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन नमिल्ने बताउनुभयो । स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता बिषयमा सरकारले गम्भिर रुपमा सोचेर मात्रै कदम चाल्नु पर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, नेता सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आईतबार निकालेको विज्ञप्ती प्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चीनु पर्ने धारण राख्नुभयो । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपतिजनक भएको उहाँको भनाई छ ।
‘सरकारले जनताको दुखमा साथ दिनु पर्दछ । सधै जनाताको पक्षमा हुनुपर्दछ ।’ उहाँले भन्नुभयो ‘गृहमन्त्रालय बाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपति जनक छ । यसमा सरकार सच्चीनु पर्दछ ।’
साथै नेता सिंहले अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थीतीमा पनि महाधिबेशन निष्पक्ष, धादलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण राख्नु भयो ।
त्यस्तै, उहाँले सिन्धुपाल्चोक लगायत देशभरमा गएको बाढी पहिरोले जनधनको क्षति भएकाले सरकारले राहात र उद्दारमा बिशेषस ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्