१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए


0
Shares

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।

निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा खोप विशेष कार्यक्रम आयोजना गरेको थियाे ।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पहिलो डोज लगाएका र नलगाएका दुवै कर्मचारीलाई भ्याक्सिन उपलब्ध गराएको बताउनुभयो ।