१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच बुँदे सम्झौता तत्काल कार्यान्ययन नभए कुनै पनि समय अनसन बस्ने डा. केसीको चेतावनी


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको पाँच वँुदे सम्झौता तत्काल कार्यान्ययन गर्न सरकारको ध्यानआर्षण गराउनु भएको छ ।

डा. केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै सम्झौता भएको तीन सातासम्म पनि माग कार्यान्ययन नभएकाले अझै पनि बेवास्ता गर्ने हो भने कुनै पनि समय अनसन बस्ने चेतावनी दिनुभएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनको विषयमा भएको सम्झौता कार्यान्यय नभएकाले अस्पतालको सेवा नै ठप्प हुने अवस्था सिर्जना हुने अवस्थामा पनि माग सम्बोधन नहुनु प्रति आफनो ध्यान आकृर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

स्वास्थ्य राज्य मन्त्रीलाई पदमुक्त गर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बारम्बार दवाव दिने कार्यप्रति आफनो ध्यानाकृर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । डा. केसीले उठाएको भएको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले समिति बनाएको थियो ।