१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिममा समाजवादी सबैभन्दा ठूलो दल बन्यो


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर प्रदेश सभा सदस्य माया तामाङ्ग बोहराले सनाखत गरेसँगै समाजवादी पार्टी प्रदेशमा सबैभन्दा ठूलो दल बनेको हो ।

यस अघिसम्म १३ जना प्रदेश सांसदहरुले नेकपा समाजवादीको पक्षमा सनाखत गरेका थिए । एमालेका सभामुखबाहेक २४ मध्ये १४ जनाले समाजवादी रोजेपछि एमाले १० जनामा खुम्चिएको छ । हाल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादीका दुई सांसद छन् ।