१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अध्यक्ष ओलीले भने ‘नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न किन सक्दैन ?’


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गर्नुभएको छ ।

आज युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दार्चुलामा तुईनबाट नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको सन्दर्भमा यस्तो आरोप लगाउनु भएको हो । नेपाली भूमिमा दशौँ हेलिकोप्टरहरू उडिरहेको तर सरकार बेखवर भएको उहाँको जिकिर छ।

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाउनुभएको छ । गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले प्रश्न उठाउनुभएको हो ।

हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे ओलीले भन्नुभयो । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन भन्दै प्रश्न गर्नुभयो ।

ओलीले नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजेपनि जनता एमालेप्रति आकर्षित भइरहेको दाबी गर्नुभयो । यसैबीच नेकपा एमालेले पर्सिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउने भएको छ । सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै अध्यक्ष ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाउने बताउनुभयो ।